Nic Ad Nic Ad
Nic Ad Nic Ad

नाडाको ४६औँ वार्षिक साधारणसभा सम्पन्न

सोमबार, फागुन १, २०७९

काठमाडौँ– अटोमोबाइल्स एसाेसिएसन अफ नेपाल (नाडा)को ४६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । नाडाका अध्यक्ष ध्रुव थापाको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो ।

कार्यत्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अटोमोबाइल सबैका लागि आवश्यक बन्दै गएको बताए ।

नाडाका अध्यक्ष थापाले सरकारले अटोमोबाइलका साधनहरूलाई विलासिताको वस्तु मात्रै मान्दै आएको भन्ने भनाइको जबाफ दिँदै अर्थमन्त्री पौडेलले अहिले यातायातका लागि सवारीसाधन सबैका लागि आवश्यक बन्दै गएको उल्लेख गरे ।

मन्त्री पौडेलले अहिले सवारीसाधनहरू विलासिताका वस्तु नभई आवश्यकताको वस्तु भएको स्पष्ट पारे ।

नाडाका अध्यक्ष थापाले अटोमोबाइल व्यवसाय अहिले इतिहासकै कमजोर अवस्थामा रहेको र स्थिति अझै सुधार हुन नसकेको बताए ।

अध्यक्ष थापाका अनुसार अहिले अटोमोबाइल क्षेत्रमा झन्डै १ खर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ भने पारदर्शी रूपमा कर तिर्ने व्यवसाय पनि अटोमोबाइल नै रहेको बताए । 

साधारणसभामा नाडाले राजधानीको ट्राफिक व्यवस्थापनमा उत्कृष्ट योगदान दिने ४ जना ट्राफिक प्रहरीहरूलाई कदरपत्रबाट सम्मान गरेको थियो ।

त्यस अवसरमा नाडा अटोमोबाइल ट्रेड डाइरेक्टरी २०२३ को ३४औँ अंकसमेत सार्वजनिक गरिएको थियो । 

NADA AGM21676269311.jpg

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १२:०३
प्रतिक्रिया दिनुहोस्