याडिया नेपालको आयोजनामा ओपन म्याराथन
काठमाडौँ –याडिया नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रालिले २६०औँ नेपाली सेना दिवसको अवसरमा ८औँ सीओएएस ओपन म्याराथन आयोजना गरेको छ ।
म्याराथनमा महिलातर्फ २१ किलोमिटरको विजेतालाई एस–लाइक स्कुटर प्रायोजन गरिएको थियो ।
प्रधान सेना प्रमुख (सीओएएस)ले १० किलोमिटर, २१ किलोमिटर र ४२.१९५ किलोमिटरको खुल्ला म्याराथन दौडको उद्घाटन गरेको थियो । जस्मा कुजु नेपाल प्रालिले महिलातर्फबाट २१ किलोमिटर दुरीको विजेताका लागि ‘याडिया’ एस–लाइक प्रायोजन गरेको थियो । नेपाल प्रहरीका राजपुरा पछाईले १ः१४ः३४ घण्टामा दौड पूरा गरी म्याराथनका विजेता बने । उनीहरूलाई प्रधानसेनापति प्रभु राम शर्मा र कुजु नेपाल प्रालिका प्रबन्ध निर्देशक उमीद श्रेष्ठले याडिया’ एस–लाइक प्रदान गरे ।
प्रकाशित मिति: सोमबार, फागुन १, २०७९ १२:१३
प्रतिक्रिया दिनुहोस्