Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली वृत्तचित्र ‘डढेलो’ले पायो अन्तर्राष्ट्रिय अवार्ड

सोमबार, फागुन १, २०७९

काठमाडौँ – नेपाली वृत्तचित्र ‘डढेलो’ले मौरिससमा अन्तर्राष्ट्रिय अवार्ड पाएको छ ।

मौरिससमा भएको फेरी अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली तथा विदेशी डकुमेन्ट्री फिल्म तथा अन्तर्राष्ट्रिय भिडियो पत्रकार श्याम कार्कीद्वारा निर्मित ‘डढेलो’ उत्कृष्ट भई अवार्ड पाउन सफल भएको छ । महोत्सवमा विभिन्न देशका १०० भन्दा बढी वृत्तचित्र निर्माताले सहभागिता जनाएका थिए ।

श्यामसन फिल्म प्रोडक्सनको ब्यनरमा बनेको उक्त वृत्तचित्रले हालसम्म स्वदेश तथा विदेशमा गरी ३० वटा भन्दा बढि फिल्म फेस्टीबलमा सहभागिता जनाइ सकेको छ । 

काठमाडौँमा भएको पवर्ततिय चलचित्र महोत्सव वृत्रचित्रमा पनि जलवायु परिर्तनसम्बन्धी विधामा दोस्रो भएको थियो ।

त्यसैगरी अस्ट्रेलियामा सर्ट फिल्म फेस्टीबलमा अनरेबल मेन्सन अवार्ड पाएको थियो । त्यस्तै गरी नेपाल–अमेरिका फिल्म फेस्टीबलमा पनि उक्त वृत्रचित्र अवार्ड पाउन सफल भएको थियो ।

यो वृत्तचित्र सन् २०२१ मा नेपालको जंगलमा एकै पटक ७० वटा ठाउँमा आगलागी हुँदा रेडपान्डा जस्तो दुर्लभ जनावरलाई कस्तो असर र जलवायु परिवर्तका करण जनावर तथा जनमानसको जीवनमा परेको असरको उदाहरण देखाइएको छ ।
 

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १३:३६
प्रतिक्रिया दिनुहोस्