Nic Ad Nic Ad
Nic Ad Nic Ad

साइमेक्स इन्कले ल्यायो १०० किलोवाटको बीवाइडी एटो–३

सोमबार, फागुन १, २०७९

काठमाडौँ –बीवाइडीको नेपालको आधिकारिक बिक्रेता साइमेक्स इंन्कले १०० किलोवाटको एटो–३ सार्वजनिक गरेको छ । सार्वजनिक भएको यो गाडीको मूल्य ६४ लाख ९० हजार रुपैयाँ छ ।

चालु आर्थिक वर्षको बजेटमार्फत १०० किलोवाट भन्दा माथिको गाडीको राजस्व बढाएपछि एटो–३ को मूल्य ९० लाख रुपैयाँ पुगेको थियो । त्यसको किलोवाट १५० थियो । अब आउने एटोको मोटरपावर मात्रै कम हुनेछ भने फिचर सबै डेढ सय किलोवाट सरहनै हुनेछ ।

मूल्य महँगो भएपछि साइमेक्सले १०० किलोवाट भन्दा कमको एटो–३ बनाउन आग्रह गर्दै प्रस्ताव पठाएको थियो । त्यही प्रस्तावका आधारमा बीवाइडीले १०० किलोवाटको एटो बनाएको हो । कम्पनीकी प्रवन्ध निर्देशक यमुना श्रेष्ठले व्यवसायिक रुपमा बिक्री वितरण भने मार्चमा हुने जानकारी दिइन् ।

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १४:३६
प्रतिक्रिया दिनुहोस्