Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने ऐन बनाउन दबाब दिऔँ : गगन थापा

सोमबार, फागुन १, २०७९

काठमाडौँ –नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिएको टिप्पणी गरेका छन् ।

जनयुद्ध दिवसको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिएको सन्दर्भमा टिप्पणी गर्दै महामन्त्री थापाले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब दिन आवश्यक रहेको बताएका हुन ्। 

सामाजिक सञ्जाल ट्व्टिरमा थापाले भनेका छन्, ‘सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढंगबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाऔँ, अन्यथा सांसदहरू आफैँले कानून निर्माणको अग्रसरता लिऊँ ।’

पछिल्ला दिनमा कार्यकारीको तजबिजमा सार्वजनिक बिदा दिने क्रम सीमाहीन भएको उनको भनाइ छ ।

‘कहिले लहडमा, कहिले भावावेगमा, कहिले सत्ता जोड घटाउमा, कहिले कसैलाई चित्त बुझाउन त कहिले आफ्नो राजनीतिक स्वार्थको लागि । झन् प्रदेश र स्थानीय तहमा त पार्टीका कार्यक्रम र पारिवारिक विषयमासमेत सजिलै बिदा घोषणा गरेका उदाहरण छन् । यो नितान्त कार्यकारीको स्वेच्छाचारी मनोविज्ञानको उपज हो । सार्वजनिक बिदाका नाममा यो अराजकता अति भयो !’, थापाले भनेका छन् ।

कार्यकारी स्वेच्छाचारितालाई रोक्ने व्यवस्थापिकाले भएको भन्दै थापाले यो विषयमा छुट्टै कानून बनाएर नियमन र व्यवस्थित गर्दा मात्र यो रोक्न सकिने बताए।

थापाले भने, ‘न्युजिल्यान्ड, जापान लगायत विश्वका थुप्रै देशहरूमा सार्वजनिक बिदा सम्बन्धी कानून छ, त्यसैका आधारमा बिदा तय गरिन्छ। नेपालमा पनि कानून बनाएर नियमन नगर्ने हो भने यस्तो स्वेच्छाचारिता झन् बढ्दै जाने निश्चित छ।’

सार्वजनिक बिदालाई निश्चित गर्न र कुनै पनि तहको सरकारले स्वेच्छाचारी ढङ्गबाट बिदा दिन नपाउने गरी ऐन बनाउन सरकारलाई दबाब बढाउन आवश्यक रहेको थापाको भनाइ छ। अन्यथा सांसदहरू आफैले कानून निर्माणको अग्रसरता लिनुपर्ने र यसका लागि कांग्रेसले पहलकदमी लिने बताए।

gagan thapa1676281036.JPG

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १५:२०
प्रतिक्रिया दिनुहोस्