नेभिगेशन
समाचार

संघीयता कसैले दिएको भिख होइन : मुख्यमन्त्री यादव

जनकपुर– मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले अहिलेको संघीयता कसैले दिएको भिख नभएको बताएका छन् । 

सोमबार जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको संघीयता आमनागरिकले लडेर ल्याएको बताए । 

उनले स्थानीय निर्वाचनमा जितेका र प्रदेश र प्रतिनिधिसभामा निर्वाचन जितेका केही सांसदहरूले संघीयता चाहिँदैन भनिरहेको भन्दै संघीयता उनीहरू कसैले दिएको भिख नभएको जिकिर गरे । मधेस प्रदेशका नागरिक रहेसम्म संघीयता रहिरहने दाबी गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले इमानसाथ प्रहरी समायोजन र निजामती ऐनलगायत कानुन पास गर्न भूमिका खेल्नेमा विश्वस्त रहेको बताए ।

जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेश सरकारले ५४० जना सहिद परिवारलाई १ लाख रुपैयाँका दरले रकम हस्तान्तरण गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार