Nic Ad Nic Ad
Nic Ad Nic Ad

पूर्वराजा र युवराजलाई सँगै राखेर दुर्गा प्रसाईंले सुरु गरे महाअभियान [तस्बिरसहित]

सोमबार, फागुन १, २०७९

झापा– व्यवसायी तथा एमाले नेता दुर्गा प्रसाईंले ‘नागरिक बचाऊ महाअभियान’ सुरु गरेका छन् । झापाको मेची पुलबाट प्रसाईंले महाअभियान सुरु गरेका हुन् ।

उनको महाअभियानमा पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज पारस शाह पनि सहभागी भएका छन् ।

पूर्वराजा शाहले दीप बालेर महाअभियानको उद्घाटन गरे । बटुकहरूको स्वस्ति वाचनसँगै उनले १ जोर परेवा पनि उडाए ।

उद्घाटन कार्यक्रममा पूर्वराजा र पूर्वयुवराज शाहसहित पूर्वअधिराजकुमारी प्रेरणा शाह पनि उपस्थित थिइन् । धेरैपछि पूर्वराजाका बाबुछोरा एउटै कार्यक्रममा देखिएका हुन् ।

प्रसाईंले संघीयता खारेजी, वैदिक सनातन राज्य घोषणा तथा व्यावसायिक वातावरणको माग गर्दै ‘नागरिक बचाऊ महाअभियान’ सुरु गरेका हुन् ।

मेचीपछि महाकालीमा र त्यसपछि काठमाडौँमा दीप बालेर महाअभियान अघि बढाउने उनको योजना छ । केही दिनअघि उनले काठमाडाैँमा महाअभियानको कार्यालय खोलेका छन् ।

पूर्वराजा शाह बा २१च ७३१८ नम्बरको टोयटा कार आफैँ चलाएर कार्यक्रम स्थलसम्म आएका थिए ।

महाअभियानकी प्रवक्ता रमा सिंहले पूर्वराजालाई राजतन्त्रको अवधि झल्कने गरी देशमा विद्यमान समस्याबारे जानकारी गराएकी थिइन् ।
r31676285295.jpeg

r21676285247.jpg

r41676285398.jpeg

r51676285469.jpg

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १६:३१
प्रतिक्रिया दिनुहोस्