Nic Ad Nic Ad
Nic Ad Nic Ad

हुण्डाईको विद्युतीय गाडीमा अफर योजना

सोमबार, फागुन १, २०७९

काठमाडौँ –नेपालका लागि हुण्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्नो विद्युतीय गाडीको खरिदमा नयाँअफर योजना सार्वजनिक गरेको छ ।

‘वन मोर रिजन टु गो इलेक्ट्रिक’ नारासहितको यो योजनाअन्तर्गत खरिदकर्ताले हुण्डाईको विद्युतीय गाडी कोनाटी फ्लोनिक फाइभ खरिद गर्दा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड बोसको वासिङ मेसिन उपहार प्राप्त गर्न सक्ने छन् ।

समय सापेक्षयोजनाहरू मार्फत आफ्ना ग्राहकको मन जित्न लक्ष्मी इन्टरकटिनेन्टल प्रालिले सधैं आकर्षक योजनाहरू बजारमा ल्याउँदै आएको छ । अहिलेको आवश्यकता अनुरूप विद्युतीय गाडीहरूको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्कृष्ट उत्पादनहरू प्रवद्र्धन गर्न यो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । 

कोनाटी फ्लोनिक फाइभ नेपालको विद्युतीय गाडीहरूको श्रेणीमा अग्रपंक्तिमा आउँछ र यी दुवै उत्पादनले ग्राहकको मन जित्न सफल भएका छन् । आफ्नो उत्कृष्ट डिजाइन, परफर्मेन्स र हुण्डाईको विश्वसनीयताले कोनाटी फ्लोनिक फाइभ विद्युतीय गाडीको पर्यायवाची बनिसकेको छ ।

विद्युतीय गाडीहरूको प्रयोगलाई प्रोत्साहन गर्न लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आक्रामक रूपमा चार्जिङ्ग स्टेसनहरुको निर्माण गरिरहेको छ । विद्युतीय गाडीको बिक्री वितरणमा हुण्डाई एकदम अग्रसर रहँदै गर्दा थापाथली स्थित नेपालको एक मात्र विद्युतीय गाडीको एक्सक्लुसिभ शो रूम संचालन गरेर नयाँ आयाम कायम गर्दै आएको छ ।

कम्पनीले देशभरका १७ डिलर र १९ सर्भिस सेन्टरहरू सहित ४० वटा चार्जिङ्ग स्टेशन मार्फत नेपालभरि नै सबै हुन्डाई गाडीहरूको सहज खरिद र सर्भिसिङ्गको सेवा दिँदै आएको छ ।   

प्रकाशित मिति: सोमबार, फागुन १, २०७९  १७:२०
प्रतिक्रिया दिनुहोस्