नेभिगेशन
विश्व

कम्बोडियाका प्रधानमन्त्री लाओसमा

एजेन्सी– कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेन वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलसहित लाओसको दुई दिने औपचारिक भ्रमणका लागि सोमबार राजधानी भेन्टियान पुगेका छन् । आफ्ना लाओ समकक्षी प्रधानमन्त्री सोनेक्से सिफान्डोनको निमन्त्रणामा हुन सेनले लाओसको औपचारिक भ्रमण गर्दै छन् ।  

हुन सेनले लाओका राष्ट्रपति थोङलोन सिसोलिथ र लाओ नेशनल एसेम्ब्ली (एनए)का अध्यक्ष जेसोमफोन फोमभिहानेसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको लाओ समाचार एजेन्सीले सोमबार जनाएको छ ।

प्रधानमन्त्रीहरूले सुरक्षा, राजनीति र अर्थतन्त्रका क्षेत्रमा द्विपक्षीय सहयोगलाई सुदृढ पार्नका साथै पारस्परिक हित र चासोका उपक्षेत्रीय, क्षेत्रीय र अन्तरराष्ट्रिय विषयमा विचार आदानप्रदान गर्ने छन् । उनीहरूबीचको छलफलपश्चात्, ‘सन् २०२३–२०२७ का लागि कम्बोडिया राज्य र लाओ जन प्रजातान्त्रिक गणतन्त्र बीच व्यापक र दीर्घकालीन रणनीतिक साझेदारीका लागि कार्य योजना’मा हस्ताक्षर गर्ने तयारी छ ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व

पोप फ्रान्सिसको निधन