Nic Ad Nic Ad
Nic Ad Nic Ad

धनु राशि हुनेको धन नास हुने, यस्तो छ अन्य राशिको आजको दिन

मंगलबार, फागुन २, २०७९

आज २०७९ साल फागुन २ गते मंगलबार । सन् २०२३ फेब्रुअरी १४ तारिख। नेपाल संवत् ११४३ । उत्तरायण ।  फाल्गुण कृष्णपक्षकाे  नवमी तिथी । चन्द्रमा वृच्छिक राशीमा । सूर्योदय ६:४३ । सूर्यास्त ५:५४ ।  

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)  स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले समस्या पर्ला। बाध्यात्मक परिस्थितिले सताउन सक्छ। अरूका काममा आफ्नो अमूल्य समय नष्ट हुन सक्छ।

बृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पहिलेको सफलताले नयाँ काममा हौसला जगाउनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले काममा उत्साह जगाउनेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)   ऋण, शत्रु र रोगबाट सजग रहनुपर्ला। पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन्। परिश्रम परे पनि लक्ष्य नजिक पुग्न सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)  सहयोगीहरू पछि हट्नाले नयाँ योजना प्रारम्भ गर्न समस्या पर्नेछ। व्याहारिक अलमलले आँटेका काममा बाधा पुर्याउनेछ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। बेसुरमा वचन दिनाले दुःख पाइनेछ। तापनि, साथीभाइले साथ दिनेछन्। कृषि, पशुधन र जमिनबाट लाभ हुनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन्। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला। मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  समयको महत्त्व नबुझ्नाले पछि परिनेछ। असंयम व्यवहारले सहयोगीहरू टाढिन सक्छन्। अध्ययनमा धेरै समय दिन नसकिएला। अरूको मुख ताक्ने बानीले पनि काम रोकिनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली-व्यवहारमा सजग रहनुपर्ला।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  प्रेम र मित्रताको बन्धन कसिनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसाबाट प्रशस्त लाभ हुनेछ। आफन्तसँग सुमधुर सम्बन्धका लागि व्यवहारमा ध्यान पुर्याउनुहोला।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)    फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ। अनियन्त्रित खर्चले मन पिरोल्न सक्छ। बेलामा होस नपुर्याउँदा केही चुनौती झेल्नुपर्ला। तापनि टाढाका साथीभाइसँग आत्मीयता बढ्नेछ। शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। कर्जा बढे पनि धन प्राप्त हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)  आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चल-अचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) श्रम परे पनि सोचेको मूल्य प्राप्त नहुन सक्छ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउलान्। नयाँ जिम्मेवारी प्राप्त भए पनि उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) चुनौतीहरू स्वतः हट्नेछन् भने अवसर र सफलताले पछ्याउनेछन्। टाढिएका शुभचिन्तकहरू नजिकिनाले प्रसन्नता मिल्नेछ। धार्मिक र सेवामूलक काममा सहभागी भइनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  ०६:०७
प्रतिक्रिया दिनुहोस्