खराब लयमा रहेको लिभरपुलले एभर्टनलाई हरायो
काठमाडौँ– पछिल्लो समय खराब लयमा रहेको लिभरपुलले जित निकालेको छ ।
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत सोमबार राति भएको खेलमा लिभरपुलले एभर्टनलाई २–० गोल अन्तरले हराउँदै लिगको नवौं स्थानमा उक्लिएको छ ।
लिभरपुलको जितमा मोहमद सलाह र कोडी गाक्पोले एक–एक गोल गरे ।
खेलको ३६ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाइ अग्रता दिलाएका थिए । त्यसपछि खेलको ४९ औं मिनेटमा गाक्पोले गोल गर्दै लिभरपुललाई २–० को जित दिलाए । गाक्पो यसै सिजन लिभरप्ुल आएका हुन् ।
यस जितसँगै लिभरपुलले २१ खेलमा ३२ अंक जोडेको छ ।
पराजित एभर्टन भने १८ अंक जोडेर १८ औं स्थानमा रहेको छ ।
यस जितका बाबजुद पनि लिभरपुल अंक तालिको नवौं स्थानमा मात्र छ । अर्को वर्ष च्याम्पियन्स लिगमा स्थान बनाउका लागि यो पर्याप्त स्थान भने होइन । प्रिमियर लिगमा शीर्ष चारमा रहने टोलीले मात्र च्याम्पियन्स लिगमा स्थान बनाउन सक्छन् ।