सार्वजनिक सवारी साधन नचलेपछि यात्रु अलपत्र
काठमाडौँ– यातायात मजदुरले सार्वजनिक यातायात बन्द गराएपछि काठमाडौँबाट लामो तथा छोटो दुरीका लागि छुट्ने यात्रुहरू प्रभावित भएका छन् ।
काठमाडौँको कोटेश्वर, जडीबुटी, कलंकी, बल्खुलगायत क्षेत्रमा छोटा तथा लामो दुरीको यात्राका लागि पुगेका यात्रुहरू अलपत्र परेका छन् ।
कोटेश्वर र जडीबुटीमा यात्रुहरू सडक छेउमा अलपत्र परेका छन् । बन्द भएपछि भिडभाड हुने ठाउँमा भने सुरक्षा उपस्थिति बाक्लो बनाइएको छ ।
५ पटकसम्म चिट काटेपछि ६ महिनासम्म सवारी चलाउन नपाउने नियमविरुद्ध आफूहरूले सडक अवरुद्ध गरेको चालक यातायात मजदुरको भनाइ छ ।
सोमबार यात्रुसहितका सार्वजनिक सवारी सडकमा तेर्स्याएर विरोध गरेका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९ ०९:३१
प्रतिक्रिया दिनुहोस्