Nic Ad Nic Ad
Nic Ad Nic Ad

विकेट लिएपछि भावुक बने सन्दीप

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक क्रिकेट सिरिजको पहिलो खेलमा अहिले नेपाल र नामिबियाबीच खेल भइरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा पाँच महिनापछि 'कमब्याक' गरेका पूर्वकप्तान सन्दीप लामिछानेले विकेट लिएका छन् ।

उनले आफ्नो दोस्रो बलमै विकेट लिएका हुन् । विकेट लिएपछि उनी निकै भावुक बने । आँशु खसाए । 

११ औँ ओभरमा बलिङ गरेका सन्दीपले नामिबियाका कार्ल ब्रिकेनस्टोकलाई बोल्ड आउट गरे । सन्दीपले पहिलो ओभरमा तीन रन खर्चिएका थिए ।

सन्दीपमाथि बलात्कारको आरोप लागेको छ । उच्च अदालतको रिहाइपछि पाँच महिनापछि उनी क्रिजमा उत्रिएका हुन् ।  
 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १०:४९
प्रतिक्रिया दिनुहोस्