साफ यू–१७ महिला फुटबलमा रुस पनि खेल्ने [तालिकासहित]
काठमाडौँ –बंगलादेशमा हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा रुसले पनि खेल्ने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले रुसको सहभागितसहितको च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ ।
यूईएफए असिस्ट साफ यू–१७ महिला च्याम्पियनसिप नाम दिइएको यो प्रतियोगिता आगामी मार्च २० देखि २८ सम्म बंगलादेशमा आयोजना ढाकामा हुँदैछ ।
च्याम्पियनसिपमा दक्षिण एसियाका चार राष्ट्र नेपाल भारत बंगलादेश र भुटानसँगै रुस गरी पाँच राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
साफले सार्वजनिक गरेको तालिका अनुसार च्याम्पियनसिपका खेलहरु सिंगल राउण्ड रोविनका आधारमा खेलाइनेछ र लिगपछि धेरै अंक जोड्दै शीर्ष स्थानमा रहने टिम च्याम्पियन बन्नेछ ।
नेपालले पहिलो खेल मार्च २० मा भारतसँग खेल्नेछ । यस्तै दोस्रो खेल भुटानसँग मार्च २२ मा, तेस्रो खेल रुससँग मार्च २६ अर्थात १२ मा हुने छ । नेपालले अन्तिम खेलमा बंगलादेशसँग मार्च २८ मा खेल्नेछ ।
च्याम्पियनसिपको सबै खेल ढाकाको बीएसएस मोस्ताफा कमल स्टेडियम हुनेछ ।
यस्तो छ तालिका