Nic Ad Nic Ad
Nic Ad Nic Ad

लाइसेन्स ट्रायलमा ७० अंक ल्याए उत्तीर्ण प्रणाली सुरु

मंगलबार, फागुन २, २०७९

काठमाडौँ– बागमति प्रदेशका श्रम तथा यातायात मन्त्री एकालाल श्रेष्ठले सवारी चालक अनुमतिपत्र लाइसेन्सको ट्रायलमा ७० अंक ल्याए उत्तिर्ण हुने प्रणालीको औपचारिक सुरुवात गरेको छन् । हेटौडामा एक कार्यक्रमको आयोजना गर्दै मन्त्री श्रेष्ठले सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका लागू गरिएको बताए। 

विगतमा पटक–पटक लागू हुन नसकेको निर्देशिका मंगलबारदेखि बागमति प्रदेशका सुरुवात भएको हो ।

सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ (संशोधित)अनुसार परीक्षार्थीले लिखित परीक्षामा १०० पूर्णांकमा ६० अंक ल्याउनुपर्छ भने प्रयोगात्मक परीक्षा ९ट्रायल० लाई ७ वटा चरणमा छुट्याइएको छ । यी ७ चरण कटाउँदा परीक्षार्थीले ७० अंक ल्याउनुपर्नेछ ।

ए र के वर्ग ९मोटरसाइकल र स्कुटर०को हकमा पहिलो चरणको घुमाउरो ८ को अंकभार २० कायम गरिएको छ । एक पटक अंकित रेखा छोएमा ५ र एक पटक खुट्टाले भुइँमा टेकेमा ५ अंक काटिनेछ ।

त्यस्तै, एक पटकभन्दा धेरै अंकित रेखा छोएमा फेल गराइनेछ । साँघुरो फलकको अंकभार १०, तेस्रो चरणको युटर्नको अंकभार १० कायम गरिएको छ । 

इन्डिकेटर लाइट नबालेमा १० अंक घटाइनेछ भने अंकित रेखा छोएमा अनुत्तीर्ण घोषणा गरिनेछ ।

चौथो चरणको ट्राफिक संकेतको अंकभार १५ छ । संकेत पालना नगरे १५ नम्बर घटाइनेछ । तर फेल भने हुने छैन ।

स्पिड ब्रेकर ९बम्प्स० को अंकभार १५ छ । यसमा एक पटकसम्म खुट्टाले भुइँमा टेकेमा ५ र एक पटकसम्म स्टार्ट बन्द भएमा ५ अंक काटिनेछ । 

त्यस्तै, एक पटकभन्दा धेरै खुट्टाले भुइँमा टेकेमा र एक पटकभन्दा धेरै स्टार्ट बन्द भएमा अनुत्तीर्ण घोषणा गरिनेछ ।

काठमाडौं । बागमती प्रदेशमा पनि अब अंकभारमा आधारित सवारी चालक अनुमतिपत्र लाइसेन्स परीक्षा प्रणाली सुरु भएको छ । मंगलबार हेटौंडामा एक कार्यक्रमका बीच बाग्मती प्रदेशका श्रम तथा यातायात मन्त्री एकालाल श्रेष्ठले अंकभारमा आधारित परीक्षा प्रणालीको सुरुवात गरेका हुन् ।

१९ चैत २०७७ मा यातायात व्यवस्था विभागले १ जेठ २०७८बाट लागु हुने गरी अंकभारमा आधारित लाइसेन्स परीक्षा प्रणाली सम्बन्धी निर्देशिका जारी गरेको थियो । अहिलेसम्म बाग्मती प्रदेशले नै यो प्रणालीबाट परीक्षा लिन चासो दिएको थिएन ।

पुरानो प्रणालीअनुसार प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुने अवस्था थियो । तर नयाँ निर्देशिकाअनुसार ट्रायलका विभिन्न चरणलाई फरक–फरक अंकभार दिइएको छ र ७० अंक ल्याएमा लाइसेन्स लिन योग्य हुनेछ । अर्थात् सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनुपर्दैन ।

नयाँ निर्देशिकाअनुसार विभागले परीक्षाका लागि ५०० वटा वस्तुगत प्रश्नको संग्रह सार्वजनिक गरेको छ । विभागले ‘क’ ‘ख’ र ‘ट’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडसहित ‘ख’ वर्गको कार, जिप र डेलिभरी भ्यान र ठूला सवारीको लाइसेन्सको लिखित परीक्षामा सोधिने प्रश्नपत्र सार्वजनिक भएको छ ।

त्यही संग्रहभित्रबाट लिखित परीक्षामा अब ४र४ नम्बरका २५ प्रश्न सोध्ने व्यवस्था गरिएको छ । ती प्रश्नको अंकभार सय नम्बरको हुनेछ । नयाँ व्यवस्था अनुसार लिखित परीक्षामा ६० अंक ल्याउनुपर्ने हुन्छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  १५:५१
प्रतिक्रिया दिनुहोस्