Nic Ad Nic Ad
Nic Ad Nic Ad

मदारबाबा मेलामा भारतीय नागरिकको मृत्यु

मंगलबार, फागुन २, २०७९

मध्यविन्दु– मदारबाबा मेला जानका लागि पहाड चढ्ने क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ । 

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनय त्रिवेणी गाँउपालिका–६ मा पर्ने नकधडवा पहाडमा मदारथान जाने क्रममा आज बिहान ती भारतीय नागरिकको मृत्यु भएको प्रहरी निरीक्षक गोपाल चालिसेले बताए । 

भारत उत्तरप्रदेश कुशीनगरका ५५ वर्षीय रसुल जनेवाको आज बिहान मृत्यु भएको हो । उकालो पहाड चढ्ने क्रममा समस्या भएपछि त्यहीँ रसुलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी आफ्ना छोरासँगै मदारबाबा मेला भर्न आएका थिए । हिन्दू र मुस्लिम समुदायको आस्थाको केन्द्रको रूपमा रहेको मदार थान मेलामा भक्तजनको घुइँचो छ । 

माघ २७ गतेदेखि सुरु भएको मेला फागुन ६ गतेसम्म चल्ने छ ।

बाक्लो भीडका कारण मदारथानसम्म जान उकालो पहाड चढ्नुपर्छ । पश्चिम नवलपरासीको सुस्ता महलबारीदेखि बाबाको मुख्य मजारसम्म पुग्न नौ किलोमिटर पैदल हिँड्नुपर्छ । 

यस वर्ष करिब १० लाख भक्तजन मेलामा आउने कुतबुल मदार बगाह दरगाह कमिटीले जनाएको छ । मदारबाबा मुस्लिम समुदायका गुरु रहे पनि सबैका प्रतिष्ठाको रूपमा रहेको धार्मिक विश्वास छ ।

मेलामा भारत र नेपालका लाखौँ हिन्दूले वर्षौंदेखि पूजा गर्दै आएका छन् । त्यसैले यसलाई हिन्दू र मुस्लिमको साझा आस्थाको केन्द्रको रूपमा लिने गरिन्छ ।
 

प्रकाशित मिति: मंगलबार, फागुन २, २०७९  २१:२२
प्रतिक्रिया दिनुहोस्