वीरगन्ज महानगरले सूचना जारी गर्दै भन्यो– अतिक्रमित संरचना ७ दिनभित्र हटाउनू
पोखरिया– वीरगन्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना ७ दिनभित्र हटाउन सूचना जारी गरेको छ । महानगरपालिकाले ७ दिने सूचना जारी गरेको हो ।
तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैँले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ ।
महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरिएको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताए ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९ ०६:४३
प्रतिक्रिया दिनुहोस्