१४औँ संस्करणको साफ च्याम्पियनसिप भारतमा आयोजना हुने
काठमाडौँ- १४औँ संस्करणको दक्षिण एसियाली पुरुष फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) भारतमा आयोजना हुने भएको छ ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)को हालै बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
जसअनुसार साफ च्याम्पियनसिप–२०२३ भारतले आयोजना गर्ने भए पनि मिति र आयोजना हुने स्थान भने तय भएको छैन ।
यसअघि साफको १४औँ संस्करण बंगलादेशमा आयोजना हुने तय थियो । विशेष कारणले त्यसलाई रद्द गर्दै आयोजनाको जिम्मा भारतलाई दिइएको हो ।
१४औँ संस्करणको साफ च्याम्पियनसिपमा ७ राष्ट्रले सहभागिता जनाउने छन् ।
माल्दिभ्समा आयोजना भएको अघिल्लो संस्करणमा नेपाल उपविजेता बनेको थियो ।
अघिल्लो संस्करणमा भुटान र पाकिस्तानले सहभागिता जनाएका थिएनन् । योपटक सहभागिता जनाउने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९ ०७:०१
प्रतिक्रिया दिनुहोस्