नेभिगेशन
समाज विविध

रूख काट्न अनुमति नदिँदा सडक अधुरै

लेटाङ– पथरी–जाँते–ज्यामिरे सडकमा पर्ने जंगल क्षेत्रका रूख कटानको अनुमति नदिँदा सडक अधुरै रहेको छ ।

२०७६ साल मङ्सिरमा शिलान्यास गरिएको उक्त सडक २ वर्षभित्र निर्माण सम्पन्न लक्ष्य राखिएको थियो । 

प्रदेश १ सरकारको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत ५४ करोड ४८ लाख रुपैयाँको लागतमा उक्त सडक निर्माणका लागि श्रेष्ठ कन्स्ट्रक्सन, काठमाडौँले जिम्मा लिएको हो ।

२०७८ असोज मसान्तभित्र सम्पन्न गर्ने गरी काम अघि बढे पनि हालसम्म सडक अधुरै छ । पथरीबाट ज्यामिरेसम्म १९ दशमलव ६ किलोमिटर सडकमध्ये ३ किलोमिटर कालोपत्र गरिएको छ । 

सडक निर्माण गर्न रूख कटानको अनुमति नपाउँदा काममा बाधा पुगेको सब डिभिजन वन कार्यालय जाँतेका सहायक वन अधिकृत राजेश घिमिरेले बताए ।

समयमै सडक नबन्दा उपभोक्ताले सास्ती पाएका छन् । जाँते र ज्यामिरे क्षेत्रका बासिन्दाका लागि नजिकको बजार पथरी हो ।

सडक नबन्दा यहाँको कृषिजन्य उत्पादनले बजार पाउन सकेको छैन । उत्तरी मोरङलाई भारतको सिक्टी नाकासँग जोड्ने छोटो दुरीको सडक पनि यही नै हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध