Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रतिनिधिसभाको बैठक बस्दै

बुधबार, फागुन ३, २०७९

काठमाडौँ– संघीय संसद्अन्तर्गत आज प्रतिनिधिसभाको बैठक बस्दै छ ।

बिहान ११ बजेबाट सुरु हुने बैठकमा सांसद प्रेम सुवालले सम्पति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ । 

यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले मनी लाउन्डरिङ निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गर्नेछन् । 

यसैगरी, कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १०:०७
प्रतिक्रिया दिनुहोस्