मन्त्रालय तानिए सडक विभागका महानिर्देशक
काठमाडौँ– सडक विभागका महानिर्देशक अर्जुनजंग थापा भौतिक पूर्वाधार मन्त्रालयमा तानिएका छन् ।
थापा मन्त्रालयमा तानिएसँगै विभागको जिम्मेवारी सुशीलबाबु ढकाललाई दिइएको छ । उनी यसअघि एसियाली विकास बैंकको आयोजनाका निर्देशक थिए ।
थापासँगै भौतिक पूर्वाधार मन्त्रालयका अन्य २० जना कर्मचारीको समेत सरुवा भएको छ ।
सडक विभागमा योजना तथा अनुगमन महाशाखाका प्रमुख भीमार्जुन अधिकारी पनि मन्त्रालयमा तानिएका छन् । उनको ठाउँमा रामहरि पोखरेललाई पठाइएको छ ।
उनी यसअघि विकास सहायता कार्यान्वयन महाशाखा उपमहानिर्देशक थिए ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९ १०:२७
प्रतिक्रिया दिनुहोस्