क्रिकेट विश्वकप लिग टु : नामिबिया र स्कटल्याण्ड खेल्दै
काठमाडौँ –आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौँमा भइरहेको खेलमा बुधबार नामिबिया र स्कटल्याण्ड भिड्दैछ ।
कीर्तिपुरस्थित टीयू मैदानमा खेलमा हुँदैन । स्कटल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
३२ खेलबाट ४६ अंक रहेको स्कटल्याण्ड सात टोली सहभागी लिग टु मा शीर्ष स्थानमा छ र वान डे विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान पक्का गरिसकेको छ ।
नामिबिया घरेलु टोली नेपालसँग २ विकेटले पराजित हुँदा ३१ खेलबाट ३७ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष तीनमा रहनका लागि नामिबियालाई बाँकी खेलहरु महत्वपूर्ण छन् ।
अघिल्लो खेलमा नामिबिया नेपालसँग पराजित भएपछि स्कटल्याण्डलाई अब लिग टु को च्याम्पियन बन्न अब एक खेल जिते पनि पर्याप्त हुनेछ । बुधबार नामिबियालाई हराएमा स्कटल्याण्डको ४८ अंक हुनेछ ।
नामिबियालाई भने शीर्ष तीनमा रहनका लागि अब बाँकी ५ मध्ये कम्तीमा पनि ३ खेल जित्नुपर्ने आवश्यकता छ ।
नामिबियाले नेपालमा शृखंला खेलेपछि यूएईसँगको बाँकी २ खेल यूएईमै गएर खेल्नेछ ।