Nic Ad Nic Ad
Nic Ad Nic Ad

एमालेलाई राष्ट्रपति दिनु हुँदैन : माधव नेपाल

बुधबार, फागुन ३, २०७९

पोखरा -नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमालेबाट राष्ट्रपति भए देश नै बर्बाद हुने टिप्पणी गरेका छन् । पार्टीको शुभेच्छुक संस्था समाजवादी प्रेस संगठन कास्कीले पोखरामा बुधबार गरेको कार्यक्रममा अध्यक्ष नेपालले  एमालेलाई राष्ट्रपति दिन नहुने बताए ।

‘राष्ट्रिय सभा अध्यक्ष पनि एमालेकै, सभामुख पनि एमालेकै अनि राष्ट्रपति पनि दिए बर्बाद हुन्छ,’ उनले भने । राष्ट्रपतिमा सन्तुलनसहितको राष्ट्रिय सहमति हुनुपर्नेमा उनको भनाइ छ ।

तर राष्ट्रपतिमा आफ्नो पार्टीबाट उम्मेदवार नहुने उनले स्पष्ट पारे । उनले राष्ट्रिय सहमतिबिना एकीकृत समाजवादीले राष्ट्रपति पदमा उम्मेदवारी नदिने बताए । ‘अरु पार्टीलेजस्तो हारे पनि, जिते पनि हावातालमा उम्मेदवारी दिँदैनौं,’ उनले भने ।

अध्यक्ष नेपालले अहिलेको सरकारलाई खिचडीको संज्ञा दिए । ‘यो संविधान मान्दैनौं भन्ने पनि त्यहाँ छन्, परिवर्तन उल्ट्याउँछौं भन्नेहरु छन्,’ उनले भने । 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १०:५१
प्रतिक्रिया दिनुहोस्