Nic Ad Nic Ad
Nic Ad Nic Ad

वीरगन्ज महानगरले अतिक्रमित संरचना हटाउँदै

बुधबार, फागुन ३, २०७९

वीरगन्ज–वीरगन्ज महानगरपालिकाले सडक, फुटपाथ तथा नाला अतिक्रमण गरी बनाइएका संरचना हटाउने भएको छ ।

वीरगन्ज महानगरपालिकाले आदर्शनगर क्षेत्रका १० फिटे नालामाथि बनेका संरचनाहरु ७ दिनभित्र हटाउन सूचना जारी गरेको हो ।

तोकिएको अवधिभित्र संरचना नहटाए महानगर आफैंले हटाउने जनाएको छ । यसरी हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाटै असुल गरिने सूचनामा उल्लेख छ ।

महानगरपालिकाले अतिक्रमित भूमि फिर्ता ल्याउनुका साथै अतिक्रमण गरेर बनाइएका संरचना हटाउने अभियान सञ्चालन गरिएको महानगरको भौतिक पूर्वाधार समितिका संयोजक प्रदीपकुमार चौरसियाले बताए ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १०:५९
प्रतिक्रिया दिनुहोस्