Nic Ad Nic Ad
Nic Ad Nic Ad

महाशिवरात्रिमा शङ्कराचार्य आउने

बुधबार, फागुन ३, २०७९

काठमाडौँ –यस वर्ष महाशिवरात्रिमा अनन्त विभूषित जगन्नाथपुरीस्थित गोवर्द्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्कराचार्यको आगमन हुने भएको छ । उनको फागुन ७ गतेसम्म पशुपतिमा कार्यक्रम तय भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

भूकम्पबाट क्षतिग्रस्त पशुपतिनाथस्थित एक प्राचीन मन्दिरको पुनः निर्माण गरिएको र त्यस मन्दिरको प्राण प्रतिष्ठासहित अनावरण शङ्कराचार्यको आगमनका अवसरमा गर्न लागिएको कोषका सदस्यसचिव डा मिलनकुमार थापाले जानकारी दिए । दैनिक सत्सङ्ग, प्रश्नोत्तर कार्यक्रम तथा उनीबाट आशीर्वचन हुनेछ । 

कोषका निमित्त प्रमुख रेवती रमण अधिकारीकाअनुसार महाशिवरात्रिमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनको सहजताका लागि ८ उपसमिति गठन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवद्र्धन मठका विभिन्न स्थानबाट मेला भर्न आउने साधुसन्तका लागि हङ्समण्डप क्षेत्रमा भोजनको व्यवस्था गरिनेछ । यस वर्ष पशुपतिनाथको १० लाखभन्दा बढी भक्तजनले दर्शन गर्ने कोषको अनुमान छ ।
 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्