Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनसेलको सहकार्यमा आयोजित ‘ह्याकिंग फर ह्युम्यानिटी’ह्याकाथन सम्पन्न

बुधबार, फागुन ३, २०७९

काठमाडौँ –एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिकवल फाउन्डेसनले आयोजना गरेको ३ दिने ‘ह्याकिंग फर ह्युम्यानिटी’ सम्पन्न भएको छ । यस कार्यक्रममा देशका विभिन्न ठाउँबाट आएका ४८ सहभागीहरूले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगि हुने सोलुसन्सहरुमा काम गरेका छन् ।

यस ह्याकाथनको अन्तिम दिन सम्बन्धित समूहहरूको पिचिङ् पश्चात विजयी समूहहरू घोषणा गरिएको थियो । ह्याकाथनमा सहभागी १६ टिम मध्ये टिम कोड क्राफ्टर्सले नगद पुरस्कार १ लाख ५० हजार रुपैयाँसहित प्रथम पुरस्कार जितेको छ । 

त्यस्तै पर्यटक क्षेत्र लक्षित सोलुसन बनाउँदै टिम सहयात्रीले दोश्रो स्थानमा रहन सफल भई १ लाख रुपैयाँ जित्न सफल भएको छ । ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै टिम पाईले बनाएको अर्लट सिस्टमले तेश्रो स्थान हासिल गर्दै ७५ हजार रुपैयाँ जित्न सफल बनेको छ ।

एनसेलले विविधता, समानता र समावेशीकरण अर्थात डाइभर्सिटी, इक्विटी एन्ड इन्क्लुशन (डीईआई) प्रति आफ्नो प्रतिवद्धता अनुरुप महिलाहरुलाई सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा प्रोत्साहन गर्ने प्रमुख उदेश्यअनुरुप शिकÞ्वल फाउन्डेसनसँग ह्याकाथनका लागि सहकार्य गरेको थियो ।

गल्र्स इन टेक र वुमन इन बिग डेटा सझेदारको रूपमा रहेको यस कार्यक्रमले डेभलपर्स, डिजाइनर्स र उद्यमीहरूलाई नविन सोलुसन्सहरू विकासको लागि अवसर प्रदान गरेको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १२:०१
प्रतिक्रिया दिनुहोस्