Nic Ad Nic Ad
Nic Ad Nic Ad

गोंगबु बसपार्कको घटनाको छानबिन गर्न कांग्रेसको माग

बुधबार, फागुन ३, २०७९

काठमाडौँ –नेपाली कांग्रेसका सांसद डा. प्रकाशरण महतले गोंगबु नयाँ बसपार्कमा भएको घटनाको छानबिन गर्न माग गरेका छन् ।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा डा. महतले गोंगबु नयाँ बसपार्कमा  अराजकता भएको भन्दै यातायात मजदुरको जायज माग सम्बोधन गर्न आग्रह गरे । अराजक घटनामा संलग्नलाई कारबाही गर्न पनि उनले माग गरे ।

‘नयाँ बसपार्कमा भएको घटना अत्यन्त गम्भीर छ । साना व्यवसायीहरू लुटिएका छन् । दिनदहाडै लुटपाट मच्चिएको छ र सरकारले शान्तिको प्रत्याभूति दिन सकेन’ उनले भने ।

मजदुरहरूको आन्दोलनमा अरू कोही प्रवेश गरेको हो भने त्यसको छानबिन गर्न पनि महतले माग गरे ।

नेपाली कांग्रेसको प्रवक्ता समेत रहेका महतले काठमाडौंमै सुरक्षा प्रत्याभूति गराउन नसक्ने सरकारले दूरदराजमा कसरी शान्ति कायम गर्छ भन्दै प्रश्न गरे ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १२:०७
प्रतिक्रिया दिनुहोस्