प्रधानन्यायाधीश छिटो नियुक्त गर्न सांसद केसीको माग
काठमाडौँ –नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले लामो समयदेखि कायममुकायम नेतृत्वको भरमा सर्वोच्च अदालत चलेको भन्दै यथाशीघ्र प्रधानन्यायाधीश नियुक्त गर्न माग गरेका छन् ।
देश र संविधानको रक्षक अदालत रहेको भन्दै सांसद केसीले प्रधानन्यायाधीश नियुक्तिमा ढिलाइ नगर्न सरकारलाई आग्रह गरेका हुन् । ‘देश र संविधानको रक्षक सर्वोच्च अदालत अहिले वर्षदिनदेखि कामुको भरमा छ । यसले पर्ने संस्थागत असरप्रति गम्भीर हुन सरकारलाई आवश्यक छ’, केसीले भने ।
उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव अझै नटुंगिएको बताए । नेता केसीले पूर्वप्रधानन्यायाधीश जबराविरूद्ध महाभियोग नयाँ संसदले टुंगो लगाउनु पर्ने उल्लेख गरे ।
प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९ १२:१६
प्रतिक्रिया दिनुहोस्