नेभिगेशन
समाज विविध

रुग्ण उद्योगहरू पुनः सञ्चालन गराउन सांसद पाण्डेको आग्रह

काठमाडौँ –माओवादी केन्द्रका सांसद हितराज पाण्डेले बन्द भएका रुग्ण उद्योगहरू पुनः सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको बुधबार बसेको बैठकको शून्य समयमा बोल्दै सांसद पाण्डेले बन्द भएका गोरखकाली रबर उद्योग, हेटौडा कपडा उद्योग, बुटवल धागो कारखाना लगायतका उद्योगलाई पुनः सञ्चालन गरेर आर्थिक रूपमा सबल गराउन आग्रह गरे । 

माओवादी संसदीय दलका प्रमुख सचेतक समेत रहेका पाण्डले शान्ति प्रक्रियालाई टुङ्गोमा पु¥याउन बेपत्ता भएका भएका नागरिकहरूको अवस्था जानकारी गराउन पनि सरकारलाई आग्रह गरे ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध