Nic Ad Nic Ad
Nic Ad Nic Ad

सांसद भण्डारीको प्रश्न–मोबाइलमा रिङटोन बजाउने कि भ्रष्टाचारको फाइल खोल्ने ?

बुधबार, फागुन ३, २०७९

काठमाडौँ –नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन् ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै सांसद भण्डारीले आयोगको कार्य सम्पादनमाथि नै प्रश्न उठाएका हुन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोबाइलमा ‘भ्रष्टाचार गर्नु अपराध हो’ भन्ने आवाज राखेको उल्लेख गर्दै त्यसरी आवाज सुनाउनुको ठाउँमा भ्रष्टचारीहरूको फाइल खोलेर कारबाही किन गर्न नसकेको भन्दै प्रश्न गरे । 

उनले भने, ‘बिहान हामीले मोबाइलमा सुन्छौँ, भ्रष्टाचार गर्नु अपराध हो, अख्तियारले फाइल खोजेर थुन्नलाई कसले रोकेको हो? उनको प्रश्न थिया् ।

सांसद भण्डारीले संसदलाई अबका दिनमा फरक तरिकाबाट जनमुखी नीति निर्माणको थलोको रुपमा अघि बढाउनुपर्ने सुझाव दिए ।

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्