Nic Ad Nic Ad
Nic Ad Nic Ad

‘भारतको सामान्य कर्मचारीका अगाडि सरकार र राष्ट्र प्रमुख नै लम्पसार परे’

बुधबार, फागुन ३, २०७९

काठमाडौँ– राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसीले शक्ति राष्ट्रहरूले राष्ट्रपतिको चुनावमा अप्रत्यक्ष रूपले भूमिका खेल्ने गरे पनि यसपटक भने प्रत्यक्ष रूपमा नै भूमिका खेलेको आरोप लगाएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकमा बौल्दै सांसद केसीले यस्तो आरोप लगाएका हुन् ।  उनले शक्ति राष्ट्रहरूले यस पटक प्रत्यक्ष रूपमा आफ्नो देशको स्वार्थअनुकूल राष्ट्रपतिका लागि भूमिका खेलिरहेको बताए ।

यसले नेपालको स्वाभिमान, राष्ट्रियता र सार्वभौम अखण्डतामाथि दख्खल भइरहेको उनको भनाइ छ । सांसद केसीले नेपाली सरकार प्रमुखहरू विदेशी शक्ति राष्ट्रका मानिस आउँदा लम्पसार परेर उनीहरूको आशीर्वादबाट आफ्नो दुनो सोझ्याउने काम गरिरहेको दाबी गरे । 

उनले भारतको सामान्य कर्मचारी आउँदा पूर्वप्रधानमन्त्रीहरूदेखि मन्त्री र राष्ट्र प्रमुख नै लम्पसार परेको भन्दै यसले देशको इज्जत र प्रतिष्ठामा आँच आएको बताए । 

उनले भूगोलका हिसाबले राष्ट्र सानो, ठुलो भए पनि सार्वाभौमसत्ता, भौगोलिक अखण्डताका हिसाबले सबै बराबर हुने बताए । 

सांसद केसीले नेपालमा गणतन्त्रमाथिको खतरा गणतन्त्र पक्षधरहरूबाट नै रहेको समेत आरोप लगाए ।
 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १४:००
प्रतिक्रिया दिनुहोस्