नेभिगेशन
अटोमोबाइल्स

चैत १४ र १५ मा ‘पावर समिट’ हुने

काठमाडौँ– आगामी चैत १४ र १५ मा आठौँ संस्करणको पावर समिट–२०२३ हुने भएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) को आयोजनामा पावर समिट हुन लागेको हो । 

हरित ऊर्जा बजार विस्तारीकरण भन्ने मूल नाराका साथ काठमाडौँको हायात रिजेन्सीमा आयोजना हुने पावर समिटको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिइयो । 

समिटमा ३० भन्दा बढी देशका ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिसहित ऊर्जा मन्त्रालयका उच्च अधिकारीहरू, पावर ट्रेडिङ कम्पनीहरू, विद्युत उत्पादकहरू, वित्तीय संस्थाहरू, प्रसारण वितरण कम्पनी, परामर्शदाता कम्पनीहरू, बिक्रेतालगायत सरोकारवाला निकाय गरी ८०० जनाको सहभागिता रहनेछ । 

पावर समिटमा नेपालको विद्युतको बजार, प्रसारण पूर्वाधार, जलविद्युतको माग, प्रविधि र नवप्रवद्र्धक, सोलार हाइड्रोजन, नियामक निकाय, अन्तरदेशीय विद्युत व्यापार, दिगो र जलवायु अनुकूल विकासलगायत विषय समेट्ने विभिन्न सत्र सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अटोमोबाइल्स