Nic Ad Nic Ad
Nic Ad Nic Ad

घरेलु हिंसाबाट पीडित बिनु यादव पक्राउ

बुधबार, फागुन ३, २०७९

काठमाडौँ –घरेलु हिंसाबाट पीडित बिनु यादव संघीय संसद् भवन अगाडि पक्राउ परेकी छन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि प्रहरीले उनलाई पक्राउ पट्रोल र टाउरसहित गरेको हो । उनले संसद भवन अगाडि आत्मदाह गर्न लागेको प्रहरीको बुझाइ छ ।

यादवले रामेछाप मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै दाबी गर्दै आएकी छन् । कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन पनि गरेकी थिइन् ।

यादवले प्रदीपका काका पवन कठायतविरुद्ध जबरजस्ती उद्योगको जाहेरी दिएकी थिइन् । केही दिन अघि सर्वोच्च अदालत परिसरमा रातो रंग फ्याँक्दा पनि उनी पक्राउ परेकी थिइन् ।
 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १७:१२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुरुष पनि घरेलु हिंसामा ! 
मंगलबार, मंसिर २६, २०८०