Nic Ad Nic Ad
Nic Ad Nic Ad

गोंगबु घटनामा छानबिन गर्न प्रधानमन्त्रीकाे निर्देशन

बुधबार, फागुन ३, २०७९

काठमाडौँ –प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको गोंगबुमा भएको घटनाको छानविन गर्न सुरक्षा अंगका प्रमुखलाई निर्देशन दिएका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरक्षा निकायका प्रमुखलाई बुधबार बोलाएर घटनाको छानबिन गरी र अन्याय परेका सबैलाई न्याय दिन र दोषीलाई कारबाही गर्न निर्देशन दिएका हुन् ।।

गोंगबुमा सोमबार भएको घटनालाई आफूले गम्भीर रूपमा लिएको जनाउँदै प्रधानमन्त्रीले राजधानीमा नै यस प्रकृतिका घटना हुँदा सरकारले गम्भीरपूर्वक लिएका बताए ।

‘घटनाको पृष्ठभूमि के छ, के कारणले त्यस्तो अप्रिय घटना भयो, त्यसमा दोषी को को छन्, त्यो सबै कुराको गहिरो गरी अनुसन्धान गर्नुस् । लुटपाटको घटना झन् गम्भीर छ, त्यसमा दोषीलाई कारवाही गर्नुस् र जो जो पीडित छन्, उनीहरूले छिटोभन्दा छिटो न्याय पाउने वातावरण बनाउनुस्,’उनले भने ।

छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले बसपार्क क्षेत्रमा केही विवाद भए पनि यति अप्रिय घटना होला भनेर आफूहरूले पूर्वअनुमान नगरेको तर्क दिए ।

गोंगबु घटनामा ३३ जना प्रहरी घाइते भएको, शान्तिसुरक्षाको पूर्वअनुमान गर्न नसकिएको, प्रहरीको सावधानीका कारण मानवीय क्षति नभएको र विवादकै बीच लुटेरा समूहले फाइदा उठाएको प्रारम्भिक अनुसन्धानको नतिजा प्रधानमन्त्रीलाई ब्रिफिङ गरिएको थियो । 

गृहमन्त्रालयको समेत जिम्मेवारी प्रधानमन्त्रीसँगै रहेकाले सुरक्षा निकायका प्रमुखलाई बोलाए प्रधानमन्त्री प्रचण्डले देशको शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएका हुन् ।


 

प्रकाशित मिति: बुधबार, फागुन ३, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्