Nic Ad Nic Ad
Nic Ad Nic Ad

सावित्राले २ गोल गरेपछि नेपालले भारतलाई बराबरीमा रोक्यो

बिहीबार, फागुन ४, २०७९

काठमाडौँ– स्ट्राइकर सावित्रा भण्डारीले २ गोल गरेपछि नेपाली राष्ट्रिय महिला फुटबल टोली घरेलु टोली भारतलाई बराबरीमा रोकेको छ ।

चेन्नईमा बुधबार राति भएको २ देशबीचको पहिलो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु् टोली भारतले लिएको २ गोलको अग्रता उल्टाएर नेपालले बराबरी खेलेको हो ।

May be an image of 6 people and text that says 'INDIA FULL TIME superleague.com SOUMYA 56' INDUMATHI 68' 2-2 SABITRA 90'[P], 90+2'

लमा  सावित्रा भण्डारीले दुई गोल गरेपछि नेपालले भारतसँग २–२ गोलको बराबरी खेलेको हो ।

जवाहरलाल नेहरू स्टेडियममा भएको उक्त खेलको चारै गोल दोस्रो हाफमा सम्भव भएका थिए ।

खेलको ५६ औँ मिनेटमा सौम्या गुगुलोथले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् । ६८ औँ मिनेटमा इन्दुमथी काथिरेसनले गोल गरेपछि भारतले अग्रता दोब्बर बनाएको थियो ।

तर, ९० औं मिनेटमा पेनाल्टीमार्फत र त्यसपछि खेलको इन्जुरी समयमा व्यक्तिगत दोस्रो गोल गर्दै सावित्राले खेल २–२ गोलको बराबरीमा ल्याउँदै भारतलाई जित्नबाट रोक्न सफल भइन् ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल शनिबार हुनेछ ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ०७:५४
प्रतिक्रिया दिनुहोस्