Nic Ad Nic Ad
Nic Ad Nic Ad
प्रिमियर लिग :

आर्सनललाई हराउँदै सिटी शीर्ष स्थानमा उक्लियो

बिहीबार, फागुन ४, २०७९

काठमाडौँ– आर्सनललाई हराउँदै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा घरेलु टोली आर्सनललाई ३–१ गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

सिटीको जितका लागि केभिन डे ब्रुयने, ज्याक ग्रेलिस र अर्लिङ हालाण्डले एक–एक गोल गरे ।

आर्सनलका लागि बुकायो साकाले एक गोल गरे ।

खेलको २४ औँ मिनेटमा ब्रुयने सिटीलाई अग्रता दिलाएका थिए । तर, औँ मिनेटमा पाएको पेनाल्टीकनो सदुपयोग गर्दै साकाले आर्सनललाई खेलमा फर्काए ।

यद्यपि, दोस्रो हाफमा सिटी हाबी भयो । खेलको ७२ औं मिनेटमा ग्रेलिसले गोल गर्दै सिटीको अग्रता २–१ को बनाए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा हालाण्डले गोल गरेपछि सिटीले ३–१ को सहज जित हात पार्यो ।

जितसँगै दोस्रो स्थानमा रहेको सिटी शीर्ष स्थानमा उक्लिएको छ । यता, आर्सनल भने शीर्षबाट दोस्रोमा झरेको छ । यद्यपि, उसले एक खेल कम खेलेको छ ।

सिटीले २३ खेलमा ५१ अंक जोडेको छ भने आर्सनलको पनि समान अंक नै रहेको छ । तर, गोल अन्तरका आधारमा आर्सनल सिटीभन्दा पछाडि परेको हो ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  ०८:४०
प्रतिक्रिया दिनुहोस्