अस्पतालले भन्यो– कांग्रेस नेता भण्डारी र उनकी आमाको उपचार नेपालमा सहज छैन, विदेश लैजानू
काठमाडौँ– उपचारत कीर्तिपुरस्थित वर्न अस्पतालले कांग्रेस नेता चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीको उपचार नेपालमा गर्न सहज नभएको बताएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै अस्पतालका प्रमुख किरण नकर्मीले हालको स्रोत र साधनको अवस्थाले उनीहरूकाे उपचार नेपालमा सम्भव नहुने स्पष्ट पार्दै विदेशका सुविधासम्पन्न अस्पतालमा लैजान अनुरोध गरेका छन् ।
उनका अनुसार नेता भण्डारीको अनुहार, दुवै हात र खुट्टा गरी झण्डै २५–३० प्रतिशत जलन भएको छ । यस्तै, आमाको जिउको अधिकांश भागसहित ७० प्रतिशत जलन भएको छ ।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट हुँदा सांसदसमेत रहेका भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९ ०९:०८
प्रतिक्रिया दिनुहोस्