चन्द्र भण्डारी र उनकी आमालाई उपचारका लागि भारत लाने तयारी
काठमाडौँ– ग्यास सिलिण्डर बिस्फोट भएर घाइते भएका कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारी र उनकी आमा हरिकला भण्डारीलाई थप उपचारका लागि भारत लग्ने तयारी भइरहेको छ ।
केही बेरअघि मात्र उपचारत कीर्तिपुरस्थित वर्न अस्पतालले कांग्रेस नेता भण्डारी र उनकी आमाकोे उपचार नेपालमा गर्न सहज नभएकाले विदेश लैजान सिफारिस गरेको थियो ।
यससँगै थप उपचारका लागि उनीहरूलाई भारत लैजाने तयारी भएको पारिवारिक स्रोतले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९ ०९:४३
प्रतिक्रिया दिनुहोस्