नेभिगेशन
समाज विविध

प्रधानमन्त्रीलाई रवि लामिछानेले भने– चन्द्र भण्डारीको उपचारमा कुनै कमी नहोस्

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यलाभको कामना गर्दै उनको उपचारमा कुनै कमी नहोस् भनेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग अनुरोध गरेको बताएका छन् ।

उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘प्रिय चन्द्र भण्डारी दाइ, म अन्तरआत्मादेखि नै तपाईँ र ममतामयी आमाको स्वास्थ्यलाभको कामना गर्दछु । तपाईँको उपचारमा कुनै कमी नहोस् है भनेर भर्खरै प्रधानमन्त्रीज्यूलाई पनि विनम्र अनुरोध गरेको छु। सिंगो पार्टीसमेत तपाईँको शीघ्र  स्वस्थलाभको कामना गर्दछ ।’

नेता भण्डारी र उनकी आमा हरिकला भण्डारी ग्यास सिलिन्डर विस्फाेटका कारण घाइते भएका छन् । नेपालमा उपचार सम्भव नभएपछि उनीहरूलाई भारत लाने तयारी भइरहेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध