नेभिगेशन
समाज विविध

धनगढीमा १६ फागुनदेखि सूचना प्रविधि मेला हुने

कैलाली –धनगढीमा सूचना प्रविधि मेला हुने भएको छ । कम्प्युटर एशोशियसन नेपाल (क्यान) कैलालीले धनगढीमा सूचना प्रविधि मेला (क्यान इन्फोटेक) २०२३ दोश्रो संस्करण गर्न लागेको हो । १६ फागुनदेखि २० सम्म सूचना प्रविधि मेला हुन लागेको हो ।

पहिलो सूचना प्रविधि मेला भएको ७ वर्षपछि क्यान कैलालीले दोश्रो संस्करणको आयोजना गर्न लागेको हो ।

मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साइबर सेक्युरेटिसम्बन्धी जानकारी दिइने क्यान कैलालीका अध्यक्ष यज्ञराज ओझाले जानकारी दिए ।

इन्फोटेक मेला मूल संयोजक नरेशसिंह धामीका अनुसार देश विदेशमा भित्रिएका नविनतम प्रविधिको बारेमा मेलामा जानकारी दिइने छ । त्यसैगरी सबै प्रकारका प्रविधिहरूको एउटै ठाउँमा प्रदर्शनी गरिने छ ।

यसका साथै प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर सेमिनारको पनि आयोजना गरिने छ । संयोजक धामीका अनुसार सूचना प्रविधि मेलामा साइबर सुरक्षाका बारेमा पनि जानकारी गराइने छ ।

प्रविधिको प्रयोगसँगै बालबालिकाहरू मोबाइल तथा कम्यूटरमा बढी समय व्यतित गरिरहेको अवस्थामा उनीहरूलाई गलत बाटोमा जानबाट कसरी रोक्ने भन्ने बारेमा पनि मेलामा जानकारी गराइने छ ।

यसअघि सन् २०१६ मा सूचना प्रविधि मेला आयोजना भएको थियो । सन् २०२० मा कोरोना संक्रमणका कारण मेला स्थगित भएएको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध