नेभिगेशन
समाज विविध

नेता भण्डारीको स्वास्थ्य अवस्था बुझ्न कांग्रेस सभापति देउवा कीर्तिपुर अस्पतालमा

काठमाडौँ– ग्यास सिलिन्डर विष्फोटबाट घाइते भएका आफ्नो पार्टीका नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था बुझ्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा कीर्तिपुरस्थित बर्न अस्पताल पुगेका छन् ।

आज बिहान त्यहाँ पुगेर देउवाले सांसदसमेत रहेका भण्डारीको स्वास्थ्य अवस्था बुझेको उनीनिकट स्रोतले जनाएको छ ।

साथै, सभामुख देवराज घिमिरे पनि अस्पताल पुगेका छन् । 

बुधबार राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विष्फोट हुँदा नेता भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए । हरिकलाको निधन भइसकको छ । 

नेता भण्डारीलाई भने थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध