तोलामा ६०० रुपैयाँ घट्यो सुनको मूल्य
काठमाडौँ –नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ६०० रुपैयाँले घटेको छ ।
छापावाल सुन तोलामा १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन उक्त सुन तोलामा १ लाख ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन तोलाको १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले घटेको छ । चाँदी तोलाको १ हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९ १२:१७
प्रतिक्रिया दिनुहोस्