Nic Ad Nic Ad
Nic Ad Nic Ad

चन्द्र भण्डारीलाई आज दिउँसो २ बजे उपचारका लागि मुम्बई लगिने

बिहीबार, फागुन ४, २०७९

काठमाडौँ– ग्यास सिलिन्डर विष्फोट भएर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई उपचारका लागि आजै भारतको मुम्बई लगिने भएको छ ।

उनलाई आज दिउँसो २ बजे श्री एयरलाइन्समार्फत मुम्बई लैजाने तयारी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीको सचिवालयले जनाएको छ ।

उनको स्वास्थ्यअवस्था बुझ्न अस्पताल पुगेका स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीलाई भण्डारीले आफूलाई नेपालमै उपचार गर्न आग्रह गरेका थिए ।

यद्यपि, भण्डारीलाई मुम्बईको नेसनल बर्न सेन्टरमा लैजाने तयारी भइसकको कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिए । उनका अनुसार एयर एम्बुलेन्समा ६ डाक्टरसहित ११ जना जानेछन् ।

बुधबार राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विष्फोट हुँदा नेता भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए । हरिकलाको निधन भइसकेको छ । 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १३:१५
प्रतिक्रिया दिनुहोस्