नेभिगेशन
समाज विविध

बालाजु घटनामा थप १५ जना पक्राउ

आगजनी तथा तोडफोड गर्नेमा विद्यार्थी, ड्राइभर, सहचालक

काठमाडौँ –बालाजुमा भएको यातायात मजदुरको आन्दोलनमा आगजनी र तोडफोड गर्ने थप १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले १५ जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।

गोंगबुको ल्होत्से मलमा लुटपाट गर्ने ३ र आगजनी तथा तोडफोड गर्ने १२ जनालाई पक्राउ गरिएकाृ  एसपी राठौरले बताए ।

सोमबार यातायात मजदुरहरूले विभिन्न माग राख्दै आन्दोलन गरेका थिए । आन्दोलन उग्र बनेपछि प्रदर्शनकारीहरूले प्रहरी वृत्त बालाजुको २ वटा गाडी र अस्थायी प्रहरी बिट जलाएका थिए । उनीहरूले ट्राफिक आयरल्यान्ड पनि भत्काएका थिए । 

केही समूहले त्यहाँ रहेको ल्होत्से मलमा लुटपाट मच्चाएका थिए ।

आगजनी तथा तोडफोड गर्नेमा विद्यार्थी, ड्राइभर, सहचालकलगायत छन् । 

प्रहरीले सामाजिक सञ्जालमा आएका भिडिओ तथा तस्बिरबाट पहिचान गरी उनीहरूलाई पक्रेको हो । उनीहरूमाथि उपद्रव गर्न नहुने कसूरमा अनुसन्धान गर्न बालाजु र महाराजगन्जमा पठाएको छ ।

यसअघि बुधबार पनि प्रहरीले १० जनालाई पक्राउ गरेको थियो ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध