नेभिगेशन
समाज विविध

नेता भण्डारीलाई उपचारका लागि भारत लगियो

काठमाडौँ– ग्यास सिलिन्डर विष्फोट भएर घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीलाई उपचारका लागि भारतको मुम्बई लगिएको छ ।

उनलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेसनल स्किन वर्न अस्पताल उपचारका लागि लगिएको हो। उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि कृतिम स्वासप्रश्वास दिएर त्यसतर्फ लगिएको हो । उनीसँगै ६ जनाको मेडिकल टिम पनि गएको छ ।

क्रिटिकल केयर हेड डा.प्रदीप तिवारी,एनेस्थेसिया क्रिटिकल केयर डा.वृहस्पति,फ्लाइट डाक्टर इएमएस रोसन शर्मा,प्यारामेडिक्स इआर दिनेश राई,सागर महर्जन र राज तामाङ गएका हुन् ।

भण्डारीको उपचार मुम्बईको नेसनल बर्न सेन्टरमा हुनेछ ।

बुधबार राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विष्फोट हुँदा नेता भण्डारी र उनकी आमा हरिकला घाइते भएका थिए । हरिकलाको निधन भइसकेको छ ।

c21676539129.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध