Nic Ad Nic Ad
Nic Ad Nic Ad

ग्यास सिलिन्डर पड्किँदा दाङमा २ जना घाइते

बिहीबार, फागुन ४, २०७९
samridhi jewllers

दाङ–दाङमा ग्यास सिलिन्डर पड्किँदा २ जना घाइते भएका छन् । बिहीबार बिहान खाना पकाउने क्रममा ग्यास सिलिन्डर पड्किँदा २ जना घाइते भएका हुन् । 

तुलसीपुर उपमहानगरपालिका–१६ को लहलौरास्थित कृषि बीउ उत्पादन कम्पनीमा खाना पकाउने ग्यास पड्किँदा ५० वर्षीया कुसुम केसी र २९ वर्षीय आशिष खनाल घाइते भएको प्रहरीले जनाएको छ ।

ग्यास लिक भएर सिलिन्डर बिष्फोटन भएको हुन सक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । घाइते दुवैजनाको शरिरको भाग जलेको छ भने हात र खुट्टामा पनि चोट लागेको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचारका लागि नेपालगञ्जस्थित अस्पतालमा भइरहेको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १४:४४
प्रतिक्रिया दिनुहोस्