Nic Ad Nic Ad
Nic Ad Nic Ad

आइएमई पे र क्युएफएक्स सिनेमाजबीच सम्झौता

बिहीबार, फागुन ४, २०७९

काठमाडौँ –आइएमई पे र क्युएफएक्स सिनेमाजबीच आइएमई पे डे एट क्युएफएक्स नामक अफरको सम्झौता भएको छ । यस अफरअन्तर्गत ग्राहकवर्गहरूले क्युएफएक्स सिनेमाको वेबसाइट र एप्लिकेसनबाट आइएमई पे रोजी बुधबारको दिन मुभी टिकटको भुक्तानी गर्दा ५० रुपियाँको फ्ल्याट क्यासब्याक हरेक हप्ता प्राप्त गर्न सक्नेछन् ।

यो अफर अवधिभर हरेक बुधबार खरिदमा मात्र लागू हुनेछ । अफरका लागि निर्दिष्ट गरिएका सर्त अनुसार प्रयोगकर्ताहरूले १ दिनमा १ पल्ट मात्र यो अफरअन्तर्गतको लाभ प्राप्त गर्न सक्नुहुनेछ । त्यस पश्चात् प्रयोगकर्ताहरूले पुनः अर्को बुधबार मात्र सो अफरको फाइदा उठाउन सक्ने छन् ।

साथै आगामी दिनहरूका लागि लाइभ भएको टिकटहरू पनि बुधबारका दिन खरिद गर्दा ग्राहकहरूले सो छुट पाउने छन् । यो अफर क्युएफएक्स सिनेमाजको ११ वटा हलहरूमा लागू भएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १४:५०
प्रतिक्रिया दिनुहोस्