भारतबाट घटेर आयो पेट्रोल र डिजलको मूल्य
काठमाडौँ –पेट्रोल र डिजलको मूल्य भारतबाट घटेर आएको छ । भारतबाट डिजल र पेट्रालको मूल्य क्रमशः ६.४० रुपैयाँ र पेट्रोल १.९७ रुपैयाँ घटेर आएको छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) ले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य यस पटक घटेर आएको निगमले जनाएको छ ।
यसअघि मूल्य बढेर आएकाले निगमले पेट्रोल र डिजलको भाउ लिटरमा ३÷३ रुपैयाँ बढाएको थियो । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ । सोहीअनुसार आइओसीले नयाँ मूल्य निगमलाई पठाएको हो ।
भारतबाट मूल्य बढेर आएको भन्दै निगमले स्वदेशी बजारमा पेट्रोलियम पदार्थको भाउ बढाएपछि यसअघि निगम १५ दिनमा ९ करोड रुपैयाँ नाफामा गएको थियो । बिहीबारको नयाँ मूल्यसूचीपछि भने निगम १ अर्ब रुपैयाँ हाराहारी नाफामा जाने देखिएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९ १५:३२
प्रतिक्रिया दिनुहोस्