नेभिगेशन
समाज विविध

धरान एक्स्पो हुने

धरान –धरानमा धरान एक्स्पो हुने भएको छ।  सुनसरी उद्योग वाणिज्य संघको आयोजनामा ११ फागुनदेखि २० फागनसम्म धरान रंगशालामा एक्स्पो हुन लागेको हो ।

स्थानीय उत्पादनको बिक्री वितरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले धरान एक्स्पोको आयोजना गरिन लागिएको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले जानकारी दिए ।

बिहीबार पत्रकार सम्मेलन गरी उनले सुनसरीका १२ स्थानीय निकायमा उत्पादन भएका सबै वस्तुहरू एक्सोमा प्रदर्शनीमा राखिने बताए । 

प्रदेश १ सरकार र धरान उपमहानगरपालिकाको सहयोगमा आयोजना गरिने धरान एक्स्पोमा ११३ वटा स्टल रहने छ ।

एक्स्पोमा धरानको अर्गानिक बेसार, कालो बङुर, लोकल रक्सी र जिल्लाभरीका कृषि उत्पादनलाई बिक्री वितरणमा राखिने छ ।

दैनिक ३० हजार जनाले अवलोकन गर्ने धरान एक्स्पोबाट १० करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको संघका कोषाध्यक्ष प्रभाव खतिवडाले बताए । 

उनले स्थानीय उत्पादनसँगै धनकुटा, इलाम, तेह्रथुम लगायतका पहाडी जिल्लाको उत्पादनलाई समेत प्राथमिकता दिएर बिक्री वितरणका लागि राखिने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध