Nic Ad Nic Ad
Nic Ad Nic Ad

माघ महिनामा वाणिज्य बैंकहरूको निक्षेपमा सुधार

बिहीबार, फागुन ४, २०७९

काठमाडौँ– वाणिज्य बैंकहरूको निक्षेपमा सुधार देखिएको छ । गत पुस महिनाको तुलनामा माघमा वाणिज्य बैंकको निक्षेप सङ्कलन २५ रुपैयाँ अर्बले बढेको हो ।

नेपाल बैंकर्स सङ्घले सार्वजनिक गरेको माघ महिनाको तथ्याङ्कानुसार बैंकको निक्षेप बढ्दा कर्जा लगानीमा कमी आएको पाइएको हो । 

पुस अन्तिम साता २२ वटा वाणिज्य बैंकमा कुल ४७ खर्ब १६ अर्ब रुपैयाँ निक्षेप रहेकामा माघ २९ गते निक्षेप बढेर ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो ।

सङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार माघको पहिलो साता निक्षेप रु आठ अर्बले घटेर ४७ खर्ब आठ अर्ब रुपैयाँ पुगेको थियो । पहिलो साता घटेको निक्षेप दोस्रो साता १२ अर्ब, रुपैयाँ तेस्रो साता तीन अर्ब र चौथो सातामा चार अर्ब रुपैयाँले बढेको थियो ।

माघको बाँकी दुई दिन माघ २८ र २९ गते थप १४ अर्बले निक्षेप बढ्दै ४७ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो ।

माघ महिनामा निक्षेप बढ्दा कर्जातर्फ भने बैंकहरूको खासै लगानी बढ्न नसकेको पाइएको छ । गत पुस महिनामा बैंकले ४२ खर्ब ७८ अर्ब रुपैयाँ लगानी गरेका थिए ।

पुस महिनाको तुलनामा माघ महिनामा १२ अर्ब रुपैयाँ बराबरको मात्र कर्जा प्रवाह भएको छ ।

माघमा बैंकहरूले १२ अर्ब रुपैयाँ कर्जा बढाएर ४२ खर्ब ९० अर्ब रुपैयाँ बराबर कर्जा प्रवाह गरेका छन् । माघ २७ गतेसम्म बैंकको कर्जा ४२ खर्ब ८७ अर्ब रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: बिहीबार, फागुन ४, २०७९  १८:३२
प्रतिक्रिया दिनुहोस्